सशस्त्र प्रहरीद्वारा १५ लाख बढीको अवैध सामान बरामद

काठमाडौँ, २ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले सीमा क्षेत्रको विभिन्न स्थानबाट १५ लाख बढीको अवैध सामानहरू बरामद गरी भन्सार कार्यालय बुझाएको छ । 

किराना सामान, कपडा, मदिरा तथा पेय पदार्थ र दुई थान मोटरसाइकलसहित रु १५ लाख ४८ हजार ८७० रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामानहरू शुक्रवार बरामद गरी सिराहा भन्सार कार्यालयमा बुझाएको हो ।  

गस्तीको क्रममा नेपाल भारत सीमा क्षेत्रबाट बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरको मोटरसाइकल सहितको उक्त सामाग्री रितपूर्वक बरामद गरी आवश्यक कार्वाहकीको लागि भन्सार कार्यालय बुझाएको हो ।

कपडा तथा किराना सामानहरू भारतबाट नेपाल तर्फ अवैध रूपमा आउने र मदिरा भारत तर्फ जाने गर्दछ । त्यसैगरी, सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले गत असार महिनामा मात्र एक करोड ५६ लाख मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३