शुक्रबार सार्वजनिक बिदा

काठमाडौँ, ३२ असार । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते भोली प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ । 

प्रदेश सरकारले यसअघि नै मन्त्रिपरिषद्बाट गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको हो । प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) ले २०८२ चैत २४ गते बसेको बैठकबाट साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
 
कर्णाली प्रदेश सरकारले प्रदेशको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको देउडा पर्वलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साउने संक्रान्तिका अवसरमा प्रत्येक वर्ष सार्वजनिक बिदा दिने व्यवस्था गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।