कोशी नदीमा पानीको बहावले खतराको सतह पार गर्‍यो

काठमाडौँ, २९ असार । अविरल वर्षाले कोशी नदीमा निरन्तर बढेको पानीको बहावले खतराको सतह पार गरेको छ ।

आज बिहान ६ बजेतिर १ लाख ३१ हजार २ सय क्यूसेक मापन गरिएको पानीको बहाव दिउँसो १ लाख ५८ हजार क्यूसेक नाघेको छ ।

दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ५८ हजार २ सय १० क्यूसेक पुगेको प्रहरीले जनाएको छ । हाल कोशी ब्यारेजमा ५६ मध्ये १८ वटा ढोका खुल्ला गरिएको छ ।

कोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी

काठमाडौँ, २९ साउन । उज्यालो नेपाल पार्टी (उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी

काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका