हिरासतबाट फरार भएका थुनुवा पक्राउ

काठमाडौँ, २५ असार । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पुनः पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय नगार्जीलाई इलाका प्रहरी कार्यालय टीकापुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले टीकापुरकै अमरावती क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा भेष परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउका बेला उनले चलाइरहेको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

नगार्जी गत असार ८ गते करिब ९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका उनी आइतबार राति ड्युटीमा रहेका प्रहरी जवानलाई झुक्याएर फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेपालमा वैकल्पिक राजनीतिक नेतृत्वप्रतिको आकर्षण अझै कायम छ । तर त्यो आकर्षण टिकाइराख्न परिणाममुखी काम, सुशासन र संस्थागत सुधार अनिवार्य

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

रौतहट, २५ असार । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन भएको छ । मौलापुर नगरपालिकामा प्रमुख

राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्डका रुपमा रहेको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको सबैभन्दा ठूलो कानुनी तथा प्रक्रियागत अवरोध