प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विरोध कायमै

काठमाडौँ, ३ असार । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा पनि उनीहरुले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरे ।

नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए । 

‘गैरजिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलिरहेको छ । अर्थमन्त्री रोष्ट्रमबाट सांसदहरूलाई धम्की दिनुहुन्छ, अर्कोतिर मन्त्री नै खुट्टा भाच्ने कुरा गर्नुहुन्छ’, उनले भने, ‘आज दण्डहीनताले प्रश्रय पाइरहेको छ ।’

त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्वासी अव्यवस्थितहरूलाई राखिएका होल्डिङ सेन्टरमा खाना र पानीको अभावमा आन्दोलन भइरहेको भन्दै सरकारलाई बजेटमै व्यवस्थापन गरेर पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा