लायन्स क्लब अफ काठमाडौँ स्प्रीचुअलद्वारा ३३ पाउण्ड रगत संकलन

काठमाडौँ, १ असार ।मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय आइतबार ‘मानवीय सेवा’ को केन्द्र बन्यो ।

२२ औं विश्व रक्तदाता दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौँ स्प्रिचुअलले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ पाउण्ड रगत संकलन भएको छ । ‘मानवताको एक थोपा, रक्तदान गरौं जीवन बचाऔं’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य समिक्षा बास्कोटाले रक्तदानको महत्वबारे चर्चा गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय सेवामा लायन्स क्लबले विश्वभर नै एउटा छुट्टै पहिचान बनाएको र यस्ता कार्यक्रमले समाजमा भाइचारा र सेवाको भाव जगाउने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं लायन्स क्लब अफ काठमाडौं स्प्रिचुअलका अध्यक्ष नारायण प्रसाद अधिकारीले सबैलाई धन्यवाद दिँदै मानवीय सेवामा क्लब सधैं तत्पर रहने बताउनुभयो । त्यस्तै, प्रथम उपाध्यक्ष वैकुण्ठ पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो ।

योगमाण्डु र श्री रत्न पुस्तकालयको विशेष सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा डा. आनन्द गैरे, योगमाण्डुका सन्चालक अर्जुन रखाल मगर, लायन्स लिडर गोकुल प्रसाद प्रजापति एवम अग्नीबिलास अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदाताहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका

काठमाडौँ, १९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय