फरार डाँका चोरी मुद्दाका कैदी पक्राउ

काठमाडौँ, ३० जेठ । नख्खु कारागारबाट फरार रहेका डाँका चोरी मुद्दाका एक कैदीलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका सुनिल श्रेष्ठलाई पक्राउ गरिएको हो।

दोलखाको सैलुङ गाउँपालिका–८ स्थायी घर भएका ४४ वर्षीय श्रेष्ठ गत भदौ २४ गते नख्खु कारागारमा भएको प्रदर्शनका क्रममा फरार भएका थिए । फरार रहेका श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नख्खु कारागार, ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र