आजको मौसम

काठमाडौँ, २९ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी, बागमती र गण्डकीको एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राति कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक

काठमाडौँ, १४ असार । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौँ, १४ असार । देशभर भइरहेको वर्षा र सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ ।

धनगढी, १४ असार । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय