ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, २६ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडि आज बिहान करिब ४ बजेतिर लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँ निवासी धनिराम चौधरी घाइते छन् । उनको उपचार लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेड संख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट एक

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले

काठमाडौँ, २६ जेठ । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद

काठमाडौँ, २६ जेठ । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको अर्बौँ रुपैयाँ बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा