गाडी दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौँ, २६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा सोमबार गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कँदै गरेको पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जोमसोमदेखि बेनीतर्फ आउँदै गरेको बा१९च ५६०२ नम्बरको स्कोर्पियो जिप ओरालो सडकमा ‘ब्रेक’ फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो । गाडीमा सवार आठ जनामध्ये दुर्घटनामा परी घाइते भएका पाँच जनालाई प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको छ ।

घाइते भएका काठमाडौँ बानेश्वर निवासी ४१ वर्षीया रञ्जु श्रेष्ठ, पोखरा महानगरपालिका–७ जिरो किलोमिटर निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल र ताप्लेजुङको श्रीजङ्घा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवर खतरामुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ ।

स्कोर्पियो चालक काभ्रेको फूलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुलप्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for