छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला

काठमाडौँ, २५ जेठ । कैलालीको छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा नाम, थर र ठेगाना नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा पनि एक पुरुषको शव फेला परेको छ । मृत फेला परेका ती पुरुष अन्दाजी ४० देखि ४५ वर्ष उमेरका जस्तो देखिने प्रहरीले जनाएको छ ।

अहिलेसम्म दुवै जनाको पहिचान हुन सकेको छैन। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for