मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, २२ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३