गोरुलाई यातना दिएको आरोपमा एक जना पक्राउ

काठमाडौँ, २१ जेठ । जोतिरहेको गोरुलाई चरम यातना दिएर निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्युठानका जालिराम थापामगरलाई पक्राउ गरी थुनामा राखीएको छ ।

प्युठानको गौमुखी गाउँपालिका– १ बस्ने ३६ वर्षीय थापामगरलाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । खेतमा जोत्दै गरेको गोरु हिँड्न नसकेर बसेपछि खाल्डो बनाएर नाकमुख माटोमा गाडेर चरम यातना दिएको भिडियो फेसबुक र टिकटकमा सार्वजनिक भएको थियो ।

प्रहरीले थापामगरमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरेको नेपाल प्रहरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for