कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ ।

यो समाचार तयार पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।  त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए ।

१४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार बढी थिए । अहिले त्यो घटेर ३ लाख ७५ हजारमा झरेको हो । अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षक लगायतका २ लाख जति सदस्य रहेको र अहिले त्यो घटेको सहमहामन्त्री रसाइलीले बताए ।

सरकारले अब सरकारी कर्मचारी र शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने व्यवस्था गरेपछि त्यति सङ्ख्या घट्ने निश्चित थियो । त्यो बाहेक पनि उल्लेख्य मात्रामा कांग्रेसका क्रियाशील सदस्यले सदस्यता अद्यावधिक नगरेका हुन् ।

गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएको छ । त्यो समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यले पनि ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । तर, निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अद्यावधिक नगर्ने अडान लिइरहेको छ । 

विशेष महाधिवेशन गर्नु अगाडि नै ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । त्यो बेलामा पनि क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य रहेका रसाइलीले त्यो बेलामा ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेको अहिले अद्यावधिक गर्ने ३ लाख ७५ हजार रहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for