अशान्ति फैलाउने २५ युवा २१ मोटरसाइकलसहित पक्राउ

काठमाडौँ, १८ जेठ । सिरहामा सामाजिक सञ्जालमा विभिन्न ग्याङ् तथा समूहको नाम प्रयोग गरी धम्कीयुक्त तथा अशान्ति फैलाएको आरोपमा प्रहरीले २५ जना युवालाई २१ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ‘किङ अफ बलान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत समूह निर्माण गरी गालीगलौज, धम्की तथा उच्छृङ्खल गतिविधि प्रदर्शन गर्ने गरेका थिए ।

ती युवाहरूले बिना हेल्मेट, आवश्यक कागजपत्रविनाका तथा नम्बर प्लेट नभएका मोटरसाइकल प्रयोग गर्दै राजमार्गमा होहल्ला गर्ने, एकै मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार हुने तथा ट्राफिक नियमको खुला उल्लङ्घन गरी सामाजिक शान्ति भङ्ग गर्ने गतिविधि गर्दै आएका थिए ।

यसै क्रममा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा उक्त समूहका युवाहरू फेला परेका हुन् । नियन्त्रणमा लिइएकामध्ये सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका युवाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for