टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १४ जेठ । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति कालपानीस्थित भित्री सडक खण्डमाको भित्री सडक खण्डमा दुर्घटना हुदा भेरीगंगा नगरपालिका– २ का २३ वर्षीय कमल वलीको मृत्यु भएको हो ।

कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख ०६४७ नम्बरको टिपरले  पैदल वलीलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै घाइते वलीलाई उनका बुबा दलबहादुर वलीले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याए ।

वलीको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको मगराठीले बताए । उनकाअनुसार प्रहरीले टिपर र चालक वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५२ वर्षीय मानबहादुर चौधरीलाई सत्तरीबाट नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र