गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको विशेष अफर

काठमाडौँ, १४ जेठ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ ।

टेलिकमले यस अफर अन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराउने भएको हो ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ‘न्यु इयर लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन् । उक्त ५ जीबीको दैनिक सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । त्यस्तै, ‘न्यु इयर प्रिमियम’ प्याकेज अन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ ।

यी दुवै प्याकेजहरूको समयावधि ३० दिनको रहने टेलिकमले जनाएको छ । यो अफर जेठ १४ गते बिहीबारदेखि आगामी जेठ १६ गतेसम्म मात्र खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने टेलिकमले जनाएको छ । 

इच्छुक ग्राहकहरूले जेठ १४ देखि १६ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५* ११# डायल गरेर वा नेपाल टेलिकमको आधिकारिक एपमार्फत यो प्याकेज खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा