विद्यालय हिँडेका बालक बेपत्ता

काठमाडौँ, १३ जेठ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् ।

प्रहरीका अनुसार गौतम जेठ ७ गते बिहान करिब ६ः०० बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल गएका थिए ।

गौतम यादव थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनमाया यादवका छोरा हुन् । विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयबाट जवाफ आएको थियो ।

बुवा आशुतोष र आमा पुनमले आफ्नो छोरा विगत सात दिनदेखि बेपत्ता रहेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेपछि उनी अपहरणमा परेको वा बेचिएको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र