बाघले आक्रमण गर्दा मोटरसाइकल दुर्घटना

काठमाडौँ, १३ जेठ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हुलाकी राजमार्ग अन्तर्गत दैजी–बेलडाँडी सडकखण्डको बेलडाँडी–२ क्याम्प चेकपोस्ट नजिक बाघले मोटरसाइकलमाथि आक्रमण गर्दा सवारी दुर्घटना भएको छ ।

दुर्घटनामा एकै परिवारका सहित ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार राति अन्दाजी ८:१५ बजेको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दैजीबाट बेलडाँडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००९ प ७६३० नम्बरको मोटरसाइकललाई अचानक बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणपछि मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिँदा चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ रतनपुर निवासी बिरेन्द्र ठगुन्ना रहेका छन् । उनको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । त्यसैगरी मोटरसाइकल पछाडि सवार उनकी श्रीमती कल्पना ठगुन्नाको टाउको, अनुहार तथा दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।

दुर्घटनामा उनीहरूको २ वर्ष ६ महिनाका छोरा रियान्स ठगुन्नाको टाउको र अनुहारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । त्यस्तै मोटरसाइकलमा सवार उनकी भान्जी भीमदत्त नगरपालिका–१५ खैरिबस्ती निवासी १४ वर्षीया आरुसी साहुको टाउको, अनुहार र हातमा चोट लागेको तथा उनी अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । थप उपचारका लागि उनीहरूलाई धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा