पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

काठमाडौँ, ७ जेठ । कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–११, काहुँखोलाका २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको हो । आज बिहान करिब २ बजे फेवातालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । युवक हराएको सूचनापछि उद्धारका निम्ति प्रहरी टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरिएको थियो ।

उद्धारपश्चात् उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनलाई मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र