धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

काठमाडौँ, ६ जेठ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ ।

निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो ।

विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए । विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले अस्पतालमै सफल उपचार गरेको हो ।

अस्पतालका अनुसार यसअघि पनि सर्पले टोकेका बिरामी अस्पताल आउँथे, उनीहरूको अवस्था हेरेर सामान्य उपचारपछि रेफर गरिन्थ्यो, तर, धौलागिरी प्रादेशिक अस्पताल बागलुङ सर्पदंश उपचार केन्द्रको रूपमा विकास भएपछि विषालु सर्पले टोकेका बिरामीको उपचार गरिएको यो पहिलो पटक हो । कन्सल्टेन्ट सर्जन डा शङ्कर राज लामिछानेको टोलीले सर्पदंशको सफल उपचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित