आजको राशिफल

काठमाडौँ, २ जेठ । आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल । 

मेष : सोचेका काम नबन्ने जोखिम छ । कुनै पनि काम गर्दा विवादमा नफस्नु उचित हुनेछ । बोल्दा विवेक प्रयोग गर्नुपर्ने समय हुन्छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन सामान्य छ ।  व्यवहार गर्दा सचेत नहुँदा हरेक काममा समस्या हुनसक्छ । सानो कुराले मन अशान्त बन्नेछ । शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । व्यापारमा सचेत हुनुपर्ने दिन हो । आज बोलीको प्रभावले विग्रन लागेका काम भने बन्ने सम्भावना छ । साथीको सहयोगले मन शान्त बन्नेछ । रोजगारीको अवसर स्वदेशमै मिल्ने योग छ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । बनाएको योजना सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ । घर परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंह :  दिन राम्रो छ ।  दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

कन्या : सोचेका हरेक काम बन्ने दिन छ । साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । लामो यात्रा भने नगर्नु उचित हुनेछ ।

तुला : काम गर्दा सचेत हुनुपर्ने छ । बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ । साना कुराले मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ ।

वृश्चिक : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नाम र दाम दुवै कमाउने योग छ । सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

धनु : व्यवहारमा सचेत भएर अगाडि नबढ्दा समस्या बढ्नेछ। सानो कुराले महत्त्वपूर्ण काम अवरुद्ध हुने जोखिम छ । दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ । विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ ।

मकर : आज नसोचेको ठाउँमा सञ्चित धन खर्च हुनेछ । हरेक काम गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ । संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।

कुम्भ : दिन राम्रो छ । बौद्धिक साथीको साथ मिल्नेछ । तपाईंलाई आज आकस्मिक लाभ हुन सक्छ । पुराना साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । पारिवारिक मेलमिलाप हुने भएकाले दिन सहज बन्नेछ ।

मीन : आज राम्रो परिणाम आउने योग परेको छ । धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ । मन शान्त बन्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सोचेको काम बन्ने दिन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको एकाइसौँ अधिवेशनको २१ औँ बैठक आज बस्दैछ।  सोमबार अपराह्न १२:१५ बजे

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आज बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको