बस दुर्घटना हुँदा २४ जना घाइते

काठमाडौँ, २९ बैशाख । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् भने जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएकाे ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरूको अहिले उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले उद्धार गरिरहेकाे छ ।

घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।