मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, २८ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८:१५ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा साइकल चालक ईश्वरपुर–२ राईटरखोरका किसुन देव साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकलको पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक सोही स्थानका मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार