बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

काठमाडौँ, २७ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउन्डनजिक आइतबार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा