होटलमा एक युवतीको शंकास्पद मृत्यु, दुई युवक पक्राउ

बारा, २६ बैशाख । निजगढस्थित एक होटलमा बास बसेकी २५ वर्षीया युवतीको शंकास्पद मृत्यु भएको छ ।

निजगढ नगरपालिका–९ बुद्धचोकमा रहेको गुरुङ होटलको कोठामा घाइते अवस्थामा फेला परेकी निजगढ नगरपालिका–१२ की सीता थिङको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वैशाख २५ गते राति थिङ होटलको कोठाभित्र घाइते अवस्थामा फेला परेकी थिन् । प्रहरी टोलीले उनलाई तत्काल सामुदायिक अस्पताल प्रसूति गृह पुर्‍याएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको समयमा मृतक थिङसँगै सोही होटलको कोठामा निजगढ–९ की १८ वर्षीया अनु सुनार रहेको प्रहरीले जनाएको छ । उनीहरूसँगै आएका जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीका ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन रहेका थिए । सो क्रममा प्रहरीले सुनिल बोम्जनलाई राति १ बजे टाँगिया बस्ती नजिकैको जंगल छेउबाट र महेश माझीलाई राति ४ बजे निजगढ–७ माझीटोलबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने

काठमाडौँ, १२ साउन । २०८३ साल साउन १२ गते मंगलबारको राशिफल ।   मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधारका

काठमाडौँ, ११ साउन । नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ ।

काठमाडौँ, ११ साउन । बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दशरथचन्द