मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ९ बैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट ढल्केबरकी ३१ वर्षीया विनिताकुमारी मृत्यु भएको हो ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउँदा चिकित्सकले मृत घोषणा गरेको हो  । दुर्घटनामा १६ वर्षीया अनुष्काकुमारी महतो र आठ महिनाकी बालिका घाइते भएकी छिन् । साथै मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन् । घाइतेको ढल्केबरस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा