विगतका अनुभवहरूलाई समीक्षा गर्दै अगाडि बढ्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, १ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सफलता वा विफलता, अवसर वा चुनौती, कमजोरी वा उपलब्धि—यी सबै अनुभवहरूलाई समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले विगतबाट सिक्दै भविष्यलाई लक्षित गर्नुपर्नेमा जोड दिँदै नयाँ वर्षले देशलाई सुरक्षित र समृद्ध बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । ओलीले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीच सार्थक समन्वय हुन सके मुलुकले सकारात्मक परिवर्तनको गति लिन सक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो । इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् । नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६

काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना