आजको मौसम

काठमाडौँ, २८ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका जिल्लाहरूमा भने अहिले मौसम सामान्यतया सफा नै देखिएको छ ।

आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित देशका अन्य हिमाली भू-भागमा साधारणतया बादल लाग्ने देखिएको छ। कोशी प्रदेशको तराई क्षेत्र र अन्य पहाडी भू-भागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा मौसम सफा रहनेछ । 

यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आफैँले

काठमाडौँ, २८ चैत । चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २८ चैत । पोखरामा हुने २१ औँ संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी पूरा भएको छ । आइतबारदेखि सुरु

काठमाडौँ, २८ चैत । सप्तरीमा विभिन्न मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गरेको छ ।