निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छ : सांसद झा

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन् । 

आज राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा राजधानीमा सम्बोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुत हुन नसक्ने बताएका हुन् । 

उनले भने, ‘जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ । त्यो भनेको प्राइभेट, गभर्मेन्ट, डेभलपमेन्ट इकोनोमी हुन्छ । जबसम्म प्राइभेट सेक्टरको इकोनोमी बलियो हुँदैन तबसम्म देश बलियो हुँदैन । अहिले सन् २०२६ को तथ्याङ्क हेर्ने हो भने अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी नेपाल मुद्रामा हेर्दा साढे ४६ हजार खर्ब बराबरको छ । यसअर्थ अमेरिकामा निजी क्षेत्रको पुँजी साढे ४६ हजार खर्ब बराबरको छ । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । त्यसैले हामीलाई निजी क्षेत्रको पुँजी बलियो बन्नुपर्नेछ । अनि बल्ल हामी अघि बढ्न सक्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

झापा, १९ बैशाख । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ

काठमाडौँ, १८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले