शान्तिनगर र सानोठिमीका वृद्धाश्रममा सहयाेग


काठमाडौँ, २५ चैत । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सन्देश कार्कीको नेतृत्वमा स्थानीयस्तरमा सहयोग संकलन गरी शान्तिनगर र सानोठिमीस्थित दुई वृद्धाश्रममा विभिन्न परकारका सामग्री वितरण गरिएको छ ।

शान्तिनगरस्थित निशाहे सेवा सदनमा आश्रित वृद्धवृद्धाहरूका लागि आवश्यक ५९ प्रकारका औषधि सहयोग प्रदान गरिएको छ। स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै औषधि हस्तान्तरण गरिएको जनाइएको छ।

त्यस्तै, सानोठिमीस्थित ॐ वृद्धआश्रममा बसोबास गरिरहेका १७ जना वृद्धवृद्धाहरूका लागि खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरिएको छ। दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग वितरण गरिएको आयोजकले बताएका छन्।

स्थानीयवासी तथा सहयोगीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। सन्देश कार्कीले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको

काठमाडौँ, २१ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October