कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन : शेखर कोइराला

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन् । उनले भनेका छन्, ‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न,’ ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।’

कोइरालाले पार्टी विभाजनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको आरोप पनि लगाएका छन् । उनले भनेका छन्, ‘यस बीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका बारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु,’ ‘देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ माघ । युक्रेनले ऊर्जा क्षेत्रमा आपतकाल घोषणा गरेको छ । अत्याधिक चिसो मौसम र रुसी आक्रमणका कारण उत्पन्न

एजेन्सी, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा जारी गतिरोध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका छन्

एजेन्सी, ३० पौष । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ ।

एजेन्सी, ३० पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना सकिएको बताएका छन् । उनले सहयोगको वाचासहित विरोध प्रदर्शन जारी राख्न