शान्ति प्रक्रियाका लागि मुख्य बाधक जेलेन्स्की : ट्रम्प

एजेन्सी, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा जारी गतिरोध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका छन् ।

चार वर्षदेखि जारी रुस–युक्रेन युद्धले हजारौँको ज्यान लिइसकेको छ । यस द्वन्द्वको समाधानमा जेलेन्स्की नै मुख्य बाधक भएको ट्रम्पको भनाइ छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की दुवैको पटकपटक आलोचना गर्दै आएका ट्रम्पले कहिले युक्रेनलाई समर्थन त कहिले रुसप्रति सहानुभूति देखाउँदै आएका छन् । यसले युद्धका सुरुवाती वर्षमा जस्तो अमेरिका अब निश्चित सहयोगी नरहेको संकेत रुसलाई दिएको छ ।

ओभल अफिसमा रोयटर्ससँग कुरा गर्दै ट्रम्पले पुटिन सम्झौताका लागि तयार रहेको बताए । शान्ति सम्झौतामा ढिलाइ हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले ‘जेलेन्स्की’ भनेका थिए । उनले थपे, “हामीले राष्ट्रपति जेलेन्स्कीलाई यसमा सहमत गराउनुपर्नेछ ।”


इन्टेलिजेन्स साझेदारीमार्फत युक्रेन रक्षाका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीको अवधारणालाई समर्थन छ भन्ने प्रश्नमा ट्रम्पले भने, “यदि हामीले केही गर्न सक्यौँ भने मद्दत गर्नेछौँ । युक्रेन र रुसबीच हरेक महिना ३० हजार सैनिक मारिइरहेका छन् । अब युरोपले पनि हामीलाई यसमा सहयोग गर्नेछ ।”

ट्रम्पको पछिल्लो टिप्पणीले युक्रेनी नेताप्रति उनको बढ्दो असन्तुष्टि झल्काउँछ । यी दुई राष्ट्रपतिहरूबीच लामो समयदेखि अस्थिर सम्बन्ध रहे पनि ट्रम्पको कार्यकालको पहिलो वर्षमा भने केही सुधार देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत