फिफा विश्वकप २०२६ टिकटकमा

काठमाडौँ, १ माघ । टिकटकले फिफासँग एक सम्झौतामार्फत् विश्वव्यापी साझेदारी गरेको छ । यस साझेदारीमार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज गर्नेछ ।

बीहाइन्ड–द–सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन् । सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्न पाउनेछन् ।

यसमा टिकटकले लाइभ खेल प्रसारणका अलावा समर्थक र कन्टेन्ट क्रिएटरहरूलाई प्रतियोगितासँग जोड्ने केन्द्रीय भूमिका निभाउनेछ ।

यस सहकार्यले टिकटकलाई मौलिक सामग्रीको वृद्धिसँगै फिफा विश्वकप २०२६ को अझ व्यापक कभरेज प्रदान गर्न सक्षम बनाउनेछ । प्रतियोगिताभर टिकटकले समर्थक र क्रिएटरहरूका लागि मुख्य प्लेटफर्मका रूपमा स्थापित हुँदै इन्टरएक्टिभ र समुदायमा आधारित फुटबल अनुभव प्रदान गर्नेछ ।

साझेदारी फिफा महिला विश्वकप २०२३ का क्रममा टिकटक र फिफाबीच भएको सफल सहकार्यको निरन्तरता हो । जसले विश्वभर दशौँ अर्ब भ्युज प्राप्त गर्दै खेल सामग्री उपभोगमा डिजिटल प्लेटफर्महरूको बढ्दो भूमिकालाई स्पष्ट पारेको थियो ।

रुचाइएको प्लेटफर्म साझेदारीको मुख्य आधार टिकटकको इमर्सिभ फिफा विश्वकप २०२६ हब हुनेछ । टिकटक गेम प्लानद्वारा सञ्चालित यो हबमार्फत समर्थकहरूले ४८ टिम सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका