काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार यी कन्दमूलको भाउ घटेको हो ।
हिजो बुधबारको तुलनामा आज बिहीबार तरुलको भाउ प्रतिकिलो थोकमा औसत ३२ रुपैयाँ घटेको छ । बुधबार तरुल प्रतिकिलो थोकमा औसत १ सय २ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिकिलो ७० रुपैयाँ कायम छ ।
यस्तै सखरखण्ड पनि प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । आज सखरखण्ड प्रतिकिलो थोकमा ५३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ६३ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी हिजो बुधबारको तुलनामा आज बिहीबार पिँडालु प्रतिकिलो भाउ ९ रुपैयाँले घटेर ५५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।






