माघी पर्वले जातीय सद्‍भाव कायम गर्न मद्दत गर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले भनेका छन्, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ माघ । युक्रेनले ऊर्जा क्षेत्रमा आपतकाल घोषणा गरेको छ । अत्याधिक चिसो मौसम र रुसी आक्रमणका कारण उत्पन्न

एजेन्सी, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा जारी गतिरोध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका छन्

एजेन्सी, ३० पौष । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ ।

एजेन्सी, ३० पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना सकिएको बताएका छन् । उनले सहयोगको वाचासहित विरोध प्रदर्शन जारी राख्न