महोत्तरी, २८ असोज । माहोत्तरीबाट ३० केजी गाँजासहित ५ जना समातिएका छन् ।
बर्दिवास-४ स्थित पञ्चधुरा मन्दिर क्षेत्रबाट झाडीमा लुकाइराखेको १० केजी र मनराशिसवा-२ भोल्हीबाट २० केजी गाँजासहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । सर्लाही हरिवन-४ का २३ वर्षका डेनिस घिसिङ, २९ वर्षका राज बुलन, जनकपुर उपमहानगरपालिका-२ का वर्ष २६ का धिरण यादव, वर्ष २४ का उमेश यादवलाई पञ्चधुराबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
त्यस्तै, सरपल्लोबाट भोल्हीतर्फ जाने क्रममा अनटेस्ट लेखिएको पल्सर बाइक जाँच गर्दा फेला परेको ४ पोका (२० केजी) गाँजासहित महोत्तरी सोनमा-१ बस्ने ३१ वर्षका रामभरोस यादवलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको भट्टले बताए ।