बैङ्क तथा वित्तीय संस्थामा तीन अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ, २८ असोज । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैङ्कले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाले यही असोज ३० गते आफूले लिन चाहेको र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैङ्कबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सर्त पूरा गरेको हुनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्

काठमाडौँ, २८ असोज । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको

काठमाडौँ, २८ साउन । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र

काठमाडौँ, २८ असोज । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । आज बिहान सवा ११ बजेसम्म युवराज सफलसहितले