संसद् पुनर्स्थापनाका लागि अदालत जान्छौँ : नेता बस्नेत

काठमाडौँ, २२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन् ।

आज पत्रकार सम्मेलनमार्फत पार्टी र एमालेको धारण सार्वजनिक गर्दै बस्नेतले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने र चुनावमा त्यस्ता तत्त्वहरूलाई धुलो चटाउने समेत बताए ।

उनले भने, ‘त्यो भन्दा अगाडि संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । त्यसमा पार्टी आधिकारिक ढङ्गले जाने वा वकिलमार्फत जाने भनेर हामी अन्तिम छलफल गर्दैछौं ।’

उनले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् ।

उनले भने,  ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त । केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’

उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।

अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने उनको भनाइ थियो । यसो भन्दै गर्दा आफूहरु ‘दूधले नुहाएको’ नभएको भन्दै उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं । हामी दूधले नुहाएको भनेका पनि छैनौं । यति त भन्न पाइयो नि त । महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’

जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै बस्नेतले अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ असोज । पाकिस्तानले अमेरिकाको सम्बन्धमा सुधार आएपछि पाकिस्तानले अमेरिकाबाट एड्भान्स मिडियम–रेन्ज एयर–टु–एयर मिसाइल (एआईएम–१२० एएमआरएएएम) प्राप्त गर्ने सम्भावना

एजेन्सी, २२ असोज । बंगलादेशले चीनबाट २० वटा जे–१० सीई फाइटर जेट खरिद गर्ने भएको छ । २.२ अर्ब अमेरिकी

एजेन्सी, २१ असोज । गाजामा युद्ध अन्त्य गर्ने अमेरिकी शान्ति योजनामा अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले इजिप्टमा वार्ता शुरू भएको छ ।

पेरिस, २० असोज । फ्रान्समा राजनीतिक संकट कम हुने कुनै संकेत देखिएको छैन। सोमबार राष्ट्रपति इमानुएल म्याक्रोँले नवनियुक्त प्रधानमन्त्री सेबास्टियन