म्यानमारमा बम आक्रमण हुँदा २४ जनाको मृत्यु

काठमाडौँ, २२ असोज । म्यानमारमा बौद्ध महोत्सवका क्रममा सेनाकाे प्याराग्लाइडरबाट बम आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा जम्मा भएको मानिसहरूको भीडमाथि मोटर चालित प्याराग्लाइडरले २ वटा बम खसाल्दा अन्य ४७ जना घाइते भएका बीबीसीले जनाएको छ ।

सोमवार बेलुकी चाउङ–यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा झन्डै १ सय जना सहभागी भएका पिपुल्स डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले बताएका छन् ।

यो पर्व बौद्ध परम्परासँग जोडिएको छ । यस उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको खबरमा उल्लेख छ ।

सन् २०२१ मा भएको सैन्य विद्रोहपछि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजार जनाभन्दा धेरै नागरिक मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु

काठमाडौँ, १९ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय