फ्रान्सका नयाँ प्रधानमन्त्रीद्वारा राजीनामा

पेरिस, २० असोज । फ्रान्समा राजनीतिक संकट कम हुने कुनै संकेत देखिएको छैन। सोमबार राष्ट्रपति इमानुएल म्याक्रोँले नवनियुक्त प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन्।

 नयाँ मन्त्रिपरिषद्को घोषणा भएको केही घण्टामै आएको यो राजीनामाले फ्रान्सलाई राजनीतिक गतिरोधको दलदलमा झनै फसाएको छ।

गत महिना म्याक्रोँले लेकोर्नुलाई प्रधानमन्त्री पदको लागि मनोनित गरेका थिए। आइतबार अबेर राति मन्त्रीपरिषद्का सदस्यहरूको घोषणा गरिएको थियो, तर नयाँ मन्त्रिपरिषद्मा अधिकांश मन्त्रीहरू पहिलाकै थिए। लेकोर्नुले पूर्व अर्थमन्त्री ब्रुनो ल मेहर्ला रक्षा मन्त्री नियुक्त गरेपछि राजनीतिक वृत्तमा आलोचना भएको थियो। केही घन्टामै लेकोर्नुले राजीनामा दिएका हुन्। यो बीचमा म्याक्रोँले आफ्नो स्थिति बलियो बनाउन गत वर्ष मध्यमा तत्काल संसदीय चुनाव घोषणा गरेका थिए। तर विधानसभामा उनको गुट अल्पमतमा परेपछि फ्रान्स राजनीतिक गतिरोधमा फसेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । लमजुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गएराति मर्स्याङ्दी गाउँपालिका