आसन्न निर्वाचनबारे राजनीतिक दलहरूसँग संवाद भइरहेको छ : मन्त्री खरेल

काठमाडौँ, २२ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् ।

आज राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित केन्द्रीय कार्यालयको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे । 

उनले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राजनीतिक दलहरूसँग संवाद भइरहेको उल्लेख गरे । 

उनले भने,  ‘यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना  छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्य तालिका प्रकाशन भइसकेको छ । निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु’, ‘यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्यान्डेट’ रहेको छ । त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ असोज । पाकिस्तानले अमेरिकाको सम्बन्धमा सुधार आएपछि पाकिस्तानले अमेरिकाबाट एड्भान्स मिडियम–रेन्ज एयर–टु–एयर मिसाइल (एआईएम–१२० एएमआरएएएम) प्राप्त गर्ने सम्भावना

एजेन्सी, २२ असोज । बंगलादेशले चीनबाट २० वटा जे–१० सीई फाइटर जेट खरिद गर्ने भएको छ । २.२ अर्ब अमेरिकी

एजेन्सी, २१ असोज । गाजामा युद्ध अन्त्य गर्ने अमेरिकी शान्ति योजनामा अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले इजिप्टमा वार्ता शुरू भएको छ ।

पेरिस, २० असोज । फ्रान्समा राजनीतिक संकट कम हुने कुनै संकेत देखिएको छैन। सोमबार राष्ट्रपति इमानुएल म्याक्रोँले नवनियुक्त प्रधानमन्त्री सेबास्टियन