६३ युनिट रगत संकलन

काठमाडौँ, २ असोज । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको खुल्ला रक्तदानमा ६३ युनिट रगत संकलन भएको छ ।

क्लवको वार्षिक कार्यक्रम अन्र्तगत विहिवार राखिएको खुल्ला रक्तदानमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुले विकृति र विसंगड्डतिबाट टाढै बसी समाज परिवर्तनका लागि काम गर्न सुझाव दिए । क्लवको सकृयताको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा युवाको सहभागीता रही रहने विश्वास व्यक्त गरे ।

क्लवका अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । ,क्लवका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडि वढाउदै आएको पोखरा – २७ को राईजिड्ड स्टार युथ क्लबले आफनो बार्षिक कार्यक्रम अन्तरगत नै रक्तदान कार्यक्रम गरेको वताए । उनले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

रक्तदान जीवन दान जीवन दान महादान भन्ने मुल नाराका साथ सरु भएको कार्यक्रममा स्थानीय समाजसेवी जगबहादुर गुरुङ, क्लवका निवर्तमान अध्यक्ष यमप्रसाद गुरुङ, वडा सदस्य जितेन्द्र क्षत्री,प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङ लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको मृत्यु भएको छ । यसले विपन्न परिवारहरूमा गम्भीर

एजेन्सी, १८ साउन । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा २ सय ५० जनाभन्दा धेरै यात्रु चढेको जहाजमा आगलागी भएको

एजेन्सी, १८ साउन । इजिप्टको तटीय क्षेत्रमा सोमबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकन जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प

एजेन्सी, १८ साउन । युद्धविरामको नयाँ पहल सार्वजनिक भएको केही समयमै इजरायलले गाजामा आक्रमण तीव्र बनाएको छ । आइतबार भएका विभिन्न हवाई तथा