‘जेन–जेड’ आन्दोलनको चुरो: लुकेको वास्तविकता र गम्भीर तथ्य

सामाजिक सञ्जाल बन्द

हिलटन काण्ड सार्वजनिक भएसँगै आरजु देउवा र रमेश लेखकले सामाजिक सञ्जाल बन्द गर्न दवाव दिएका थिए । बन्द नगरे सरकार नै परिवर्तन गर्ने वा सञ्चारमन्त्री हटाउन दवाव दिएका थिए । त्यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केपी ओलीको साथ थियो । सोसँगै मन्त्रीपरिषद्ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । त्यसमा सर्वोच्च अदालतले समेत साथ दियो । त्यो निर्णय कच्चा र अव्यवहारिक त थियो नै । बन्द गर्नुपूर्व आफुले प्रविधिको विकास गर्नुपर्ने थियो, डाटाहरु सुरक्षित बनाउनुपर्ने थियो । फेसबुक जस्तै एपको लन्च गर्नुपर्ने थियो, गुगल जस्तै आधुनिक प्रविधिको ब्राउजर आफै बनाउनुपर्ने थियो । नेपालमा नै विकास गरेर जनतालाई विकल्प दिएपश्चात बन्द गर्नुपर्नेमा हतार हतारमा नेतृत्वको काण्ड सार्वजनिक भयो भन्दैमा बन्द गर्नु गलत नै थियो । जसले गर्दा लाखौंको रोजागारी खोसिएको थियो, विदेशमा रहेका आफन्तसँग सञ्चार सम्बन्धमा कठिनाई आएको थियो ।

प्रचारप्रसारका आधुनिक प्रविधिमा समस्या आएको थियो । जसले जनतालाई २१औं शताब्दीमा पनि ढुंगे युगमा जस्तै परेवाले पत्र पुर्याउनुपर्ने जस्तै बन्न खोजेको थियो । जुन कुरा प्रविधिको युगमा पश्चगमन कार्य नै थियो । सोही कुरालाई जनताको चौतर्फी दवाव र विरोधका कारण सामाजिक सञ्जालको बन्द गर्ने निर्णयबाट सरकार पछि हट्यो । त्यसमा केपी ओली, आरजु राणा देउवा, रमेश लेखक भने रुष्ट नै थिए । तर पृथ्वीसुब्बा गुरुङ्ले जनताको भावनालाई बुझ्दै जवाफी रुपमा बन्द फिर्ता लिए । त्यसबाट जेनजीको माग आधा समाधान भइसकेको थियो ।

‘जेन जी’को आन्दोलन

मुख्यतयाः जेनजीका युवाले सामाजिक सञ्जाल बन्द खुलाउनुपर्ने, भ्रष्टाचार अन्त्य हुनुपर्ने, राजनीतिक स्थितरता हुनुपर्ने, युवालाई अवसर दिनुपर्ने, रोजगारको ज्ञारेन्टी हुुनुपर्ने लगायतका जनमैत्री मागहरु राखेका थिए । यसलाई नवयुवाले मात्र हैन, आम नेपालीले स्वीकार्ने नै भए । आन्दोलनलाई युवाले मात्र हैन, आम नागरिक, दलका कार्यकर्ताले स्वीकार नै गरे । जनताले स्वीकार गरेन, ‘जुन देशको भाग्य र भविष्यका आधार बनेका ५१ जना नौजवान युवाहरुलाई प्रहरीले ताकी ताकी गोली हानेर हत्या गर्यो । काठमाडौँमा मात्रै ४०० भन्दा बढी घाइते भए । केही प्रहरीको समेत मृत्यु भयो । सोही आवेगमा युवाहरुले संसद भवन, सिंहदरबार, अदालत, जेल, वालुवाटार, शितलनिवास लगायतका सरकारी संरचनाहरु ध्वस्त बनाए । देशलाई १०औं वर्ष पछाडी धकेलीयो, अर्थतन्त्रमा गम्भीर संकट उत्पन्न गराउने अवस्था बन्यो । व्यक्तिगत सम्पत्तीसँगै उद्योग, कलकारखानामा आगो लगाएर रोजगारी बन्द भयो, त्यो कुनै जनताले मन पराएनन् ।

तर पनि घोषणा भइसकेको आन्दोलन थियो । आयोजकले नेपाल र नेपालीको लाभ भन्दा बाहिर कल्पना गरेका थिएनन् । तर त्यसमा लुकेको गम्भीर खेल भने बुझ्न सकेनन् । अप्रत्यक्ष रुपमा आन्दोलनलाई समर्थन गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, रास्वपाका सभापति रवि लामिछाने, पूर्वन्यायाधिस शुसिला कार्कीलगायतका व्यक्तिहरु नेपाल र नेपालीबाट परिचालित नभई बाहिरी खेलमा परिचालित थिए । जुन कुरा आन्दोलनकारीलाई थाहै भएन । उनीहरुको निस्वार्थ आन्दोलनमा होमिएका थिए । जसको सामान्य उदाहरणको रुपमा हामी नेपाली नामको गैरसरकारी संस्था सञ्चालक सुदन गुरुङलाई लिन सकिन्छ । उनी नेपाली नभई सिक्किमका नागरिक भएको भन्ने कुरा आएको छ । उनी हतियार सप्लाईमा काम गर्ने गरेको भारतीय सञ्चार माध्यमहरुले समेत उल्लेख गरेका छन् । उनको संस्था अमेरिका, अस्टे«लिया तथा युरोपियन युनियनको सहकार्यमा सञ्चालन गर्ने गरेका छन् । उनको संस्थामा २३ गतेको आन्दोलन अघि करिव २०सौं करोड खातामा आएको भन्ने अपुस्ट जानकारी आएको छ । यो त एक उदाहरणमात्र हो, यस्ता सयौं खेल छन् भन्नेमा कुनै संका गर्नु पर्दैन ।

त्यसको नतिजा आज देश खरानी भयो । जेनजी प्रयोगको साधन बनाईयो । तर नतिजा भने फरक ल्याइयो । देशमा अशान्ति, अस्थिरता, द्वन्द्व भएको देखाउने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनको अन्तर्राष्ट्रिय मिसन पुरा भयो । उनले युरोपियन युनियन, अमेरिका, भारत लगायतका मिसन र त्यहीका नागरिकको भौतिक उपस्थितीमा जेन जीको आन्दोलन सफल बनाए । अन्ततगत्व देशलाई दशौं वर्ष पछाडी धकेलीदिए । जे होस्, दुई दिनको आन्दोलनले राज्यसत्ता ढल्यो, जुन विश्वकै इतिहासको छोटो समयमा राज्यसत्ता ढलेको इतिहास अब विश्वका नयाँ पुस्ताले पढ्न पाउने नै भए । जे होस्, हिजोको गल्तीबाट पाठ सिक्ुनपर्छ, आजको कार्य हुनुपर्छ भने भविष्यको आधार अब चाँही बन्नुपर्छ । गल्ती दोहोर्याउने छुट अब कसैलाई छैन ।

रवि लामिछानेको खतरनाक खेल

हजारौं नागरिकको एक एक थोपा पसिनाबाट कमाएर जम्मा गरेको बचत रकमबाट ठगीमा संलग्न रहेका रवि लामिछानेको प्रत्यक्ष अप्रत्यक्ष रुपमा खेल छ भन्न कुनै कन्जुस्याई गर्नु पर्दैन । कारण हो, ‘जेन जीका नामधारी युवाहरुले पहिलो पटक जेल तोड्न जाँदा रवि रहेको नख्खु कारागार तोडे र रविलाई स्वागत गर्दै सम्मानका साथ लिएर आए । त्यतिमात्र हैन, एमाले, कांग्रेस, माओवादी, समाजवादी लगायतका पार्टी कार्यालयहरु जलाईए, भौतिक संरचना ध्वस्त बनाइयो, महत्वपूर्ण कागजात आगो लगाइए तर राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयलाई सुक्षित राखियो । एकतर्फ वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्र चाहिन्छ भनियो, अर्कातर्फ सांसद डा. तोसिमा कार्की जेनजीको आन्दोलनमा कुर्लदै कुदिन् । यसको अर्थ उनीहरु (रास्वपा) जता मल्खु उता ढल्कु नै हो, न त भाले न त पोथी नै हो ।

सरकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि आन्दोलनको बहानामा सेटिङमा सचिव स्तरीय निर्णयबाट पत्र बनाई राजा आएजस्तै गरी जेल बाहिर आए । अदालतको निर्णयलाई कसरी मन्त्रालयको सचिव स्तरीय निर्णबाट कारवाही उल्ट्याउन पाइन्छ ? यो नै गम्भीर सेटिङ हो भनेर बुझ्न कठिन छैन । त्यति मात्र छैन, रवि लामिछानेलाई जहाँ जहाँ मुद्धा दर्ता भएका छन्, ति कार्यालय सवैमा आगो लागे । जसको एउटै लक्ष्य हो आफ्नो प्रमाणहरु जलाउनु, प्रमाणहरु जलिसकेपछि अदालतबाट सफाई पाएर अमेरिकाको एजेण्टको रुपमा राजनीतिक अखडा सञ्चालन गर्नु, भारतको हली हुनु । रविको योजना देशभर रहेका कैदीबन्दीलाई बाहिर निकालेर समाजमा डर, त्रास, चोरीडकैती, हत्या हिंसा फैलाउनु थियो । जसबाट देश संकटमा जाओस् र विदेशीको इसारामा आफ्नो स्वार्थ पुरा गर्दै नेपाललाई इतिहासमा थियो भन्ने बनाउने ।

माफ पाउँ बालेन साह

देश खरानीमाथि उभिएको, रगतले लतपतिएको छ । बालेन साहले आगो सल्काउन सहयोग गर्यौ तर बलेपछि निभाउन सहयोग गरेनौं । जेन जेड आन्दोलनमा युवा प्रयोग गर्यौं । आन्दोलन पनि सफल भयो तर प्रधानमन्त्री बन्न आउनुपर्छ भन्दा फोन अफ गरेर बस्यौं, जेन जेडलाई धोका दियौं । जेन जेडको चाहना शुसिला कार्कीलाई प्रधानमन्त्री बनाउने भनेर आन्दोलन गरेका हैनन्, बरु तिमीलाई बनाउन तयार थिए तर तिमी नै तयार भएनौं । तिम्रो योजना ति जेन जेडले बुझेनन्, प्रयोग मात्र गरेको थाहै पाएनन् । त्यतिमात्र हैन तिमी विदेशी प्रयोग भएको रहेछौं भन्ने बुझ्न सकेनन् । एक पटक ढाट्यौ होला तर फेरि पटक पटक ढाँट्न सक्दैनौं । आन्दोलनमा मृत्यु हुनेको रगतले सराप्छ नै ।

युवालाई यसरी फसायौं कि तीन पुस्ताले तिमीलाई सराप्छ । भारतीयलाई जेन जीको नाममा विध्वंस गर्न लगायौं, सरकार ढलायौं, त्यसलाई उपलब्धी मान्यौं होला । तर तिम्रो भित्री योजनामा रवि लामिछानेलाई जेलबाट मुक्त बनाउने बहानामा दशौं हजार कैदी बन्दी वाहिर निकाल्यौं, जसले गर्दा अहिले चोरी डकैती र समाजलाई त्रासमा बस्न बाध्य बनायौं । रवि लामिछानेका प्रमाणहरु रहेका सवै अदालत जलायौं, सिंहदरवार, वालुवाटार, सितलनिवास, संसद भवन इत्यादी नाम लिएर नसक्ने गरी आगो लगायौं । हुन त तिमीले सिंहदरबार आगो लगाउँछु भनेकै थियौ, त्यो बचन पुरा गर्यौ । देशमा बसी खाने, देशमा नै केही गर्छु भन्ने युवालाई सरकारले केही गर्नै नसक्ने गरी थचक्क बनाउने अनि समाजलाई अराजकताको खाडलमा पुर्याउने योजना एक पछि अर्को गर्दै सफलता हासिल गर्यौं । अन्तर्राष्ट्रिय मिसन पुरा गर्यौं जसले नेपालको उन्नती र प्रगति नभई हस्तक्षेपकारी भूमिका निर्वाह गरी नेपालको सम्पूर्ण कुराहरु उत्खनन् गरी उनीहरुको देश समृद्ध बनाउने । अमेरिकाले चाइना र भारतको विरुद्धमा नेपाल प्रयोग गर्ने रणनीतिको सफलताको बाटोमा बालेन र रविले गोरेटो बनाएको बुझ्न सकिन्छ । तर जनताले बुझेको दिन त्यो गोरेटो सडक हुन नपाउँदै झाडीमा परिवर्तन हुन्छ नै । समयको प्रतिक्षामात्र हो ।

सुझाव

कुनै पनि नेतृत्वले सुध्रन्छौं भन्दा पनि जनताले पत्याउने अवस्था त छैन । तर पनि जहाँ समस्या आउँछ, त्यहाँ समाधान लिएर आएको हुन्छ । केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्नु हुँदैन थियो, जसरजस्त गर्यो । यसैको परिणाम देश गम्भीर संकटमा फस्यो । अब बन्ने सरकारले संविधानको रक्षा गर्दै जनताको भावना विपरितका कार्य गर्नु हुँदैन भने राजनीतिक दलहरुले दम्भ, अहंकार, निरंकुशता, अधिनायकवादी सोच अन्त्य गर्नुपर्छ । समय अनुसारको युवाको भावनालाई बुझेर सोही अनुसारको निर्णय र अवसर दिनुपर्छ । जसले गर्दा युवाले नेपाल मेरो पनि हो भनेर आफ्नो शीरमा देशलाई राखेर अगाडी बढुन । नेपालमा राजनीतिक स्थितरताको लागि दुई दलीय व्यवस्थाको साथमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अपरिहार्य जस्तै बनेको छ । जसले गर्दा विदेशी हस्तक्षेप र गिद्धे नजरमा खुर्सानीको धुलो नै लागोस् । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको पक्षमा देशले कुनै पनि शक्ति राष्ट्रहरुको पाउ मोल्नु नपरोस् । ६५ वर्षभन्दा माथिकाले राजनीतिक तथा कुनै पनि सरकारी निकायबाट स्वतः विदा हुनुपर्ने बनाऔं, जसले गर्दा नेतृत्व रोटेशन होस् । म रहेमात्र देश वा पार्टी चल्छ भन्ने हैन, म नेतृत्वमा रहँदा हजारौं उत्कृष्ट नेतृत्व उत्पादन गर्छुभन्ने सोच्नुपर्छ । तब देश र पार्टी चलायमान बन्छ । नत्र त कुहिएको फर्सी जस्तै हुन्छ, बाहिर देख्दा राम्रो मित्र किरै किरा ।

शिक्षा, स्वास्थ्यलाई निशुल्क गर्दै शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ, जसले गर्दा नयाँ युवाहरु रोजगारीको लागि विदेशीनुपर्ने बाध्यताको अन्त्य होस् । उद्योगधन्दा, कलकारखाना खोलियोस्, जसले गर्दा आर्थिक समृद्धिको आधार बनोस् । स्नातक नपढेकाले सांसद हुन नपाउने र मन्त्री सांसदभन्दा बाहिरको विज्ञ ब्यक्तिबाट हुने गरौं । दुई दलीय उन्नत लोकतान्त्रिक व्यवस्था बनाऔं, जसमा दल फुटाउन वा परिवर्तन गर्न नपाउने । प्रधानमन्त्री २ पटकभन्दा बढि हुन नपाउने, अध्यात्म र संस्कृतिको पूर्ण ग्यारेन्टी, निर्वाचन खर्च राज्यले नै व्यहोर्ने । आफुखुसी खर्च गर्न नपाउने तथा संशोधन गरि सानो तथा उत्कृष्ट संविधान बनाउने । सशक्त राज्यका संवैधानिक अंग हुनुपर्ने बनाऔं । संवैधानिक अंगमा राजनीतिक नभई योग्य प्रतिष्पर्धाबाट योग्य व्यक्ति नियुक्त गर्ने व्यवस्था गरौं ।

सम्पूर्ण राजनीतिक दलहरुले दोस्रो पुस्तासम्मका नेतृत्वले तेस्रो पुस्ताका युवा नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरी पुरानो नेतृत्वले सल्लाहकारको भूमिका निर्वाह गरौं । जसले गर्दा पुरानो अनुभव र नयाँको विचारलाई एकै ठाउँमा राखेर लैजना सकोस् । त्यसतै पार्टीका सवै जनवर्गीय संगठनहरु पुनर्गठन गर्नुपर्छ, जहाँ वर्तमान पदाधिकारीलाई जिम्मेवारी नदिने गरी गर्नुपर्छ । राज्यको संरचना परिवर्तन गर्दै प्रदेश खारेज, समानुपातिक खारेज, ३०० भन्दा कम स्थानीय, बढिमा ९९ प्रतिनिधिसभा, धर्मनिरपेक्षतालाई धार्मिक सापेक्षता बनाउने गरी संविधान संशोधन गरौं । जसले गर्दा नयाँ पुस्ताको सोच र विचारलाई समेट्दै कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाले निर्वाद रुपमा आफ्नो कार्यसम्पादन गरोस् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको

भक्तपुर, ४ बैशाख । शनिबार (बैशाख ५ गते ) भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै