नेपाल र भारत पुरानो शत्रुतामा अल्झिएर बस्दैनन् : रवि लामिछाने

काठमाडौँ, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि  लामिछानेले नेपाल र भारत केवल दुई देश मात्र नभएर प्राचीन सभ्यताका सरोकारवाला देश भएको बताएका छन् । 

भारत भ्रमणमा रहेका लामिछानेले भारतको हिन्दुस्तान टाइम्समा छापिएको आफ्नो लेखमा लेखेका छन्, “नेपाल र भारत केवल दुई देश होइनन्, हामी प्राचीन सभ्यताका सरोकारवाला हौँ । जनकपुर र अयोध्या जोडिएपछि मात्र रामको गाथा पूरा हुन्छ,” “पशुपतिनाथ र केदारनाथलाई एकसाथ ल्याएपछि मात्र आस्था पूरा हुन्छ ।”

उनले विगतमा अल्झिएर नबस्ने पनि प्रस्ट पारेका छन् । उनले पुरानो शत्रुतामा अल्झिएर पनि नबस्ने बताएका छन् । उनले लेखेका छन्, “हामीसँग अब हाम्रो विदेश नीतिलाई रूपान्तरण गर्न आवश्यक पर्ने सबैभन्दा ठूलो सम्पत्ति छ । हामी विगतको कुनै झोला बोक्दैनौँ । हामी पुरानो शत्रुताद्वारा बन्धित छैनौँ,” “हामी जनताको स्तरमा सार्वभौम सन्धिहरू र अनौपचारिक बन्धनहरूले बाँधिएका छौँ । तर, विगतका नेताहरूको सानातिना सम्झौता र मौन समझदारीमा अल्झिएका छैनौँ । हामी भारत र संसारलाई खुला हृदय, स्पष्ट आँखा र पारदर्शी एजेन्डाले हेर्छौं । नेपालको आर्थिक रूपान्तरणका लागि काम गर्छौं ।”

कमजोरी लुकाएर नबस्ने पनि उनले प्रस्ट पारेका छन् । रविले लेखेका छन्, “यद्यपि, हामीसँग न त आत्मभोगको विलासिता छ, न त हामी हाम्रा कमजोरीहरू जीर्ण वाक्यांशहरू पछाडि लुकाउन चाहन्छौँ,” “हाम्रो सम्बन्धले के हासिल गरेको छ भनेर मात्र हेर्नुको सट्टा, हामी यसले के हासिल गर्न सक्थ्यो र यो के बन्न सक्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेर नयाँ सुरुआत गर्न चाहन्छौँ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई