स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनजी’ प्रदर्शनका घाइतेको निःशुल्क उपचार गर्न ‘सर्कुलर’

काठमाडौँ, २३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न मातहतका सबै संघीय अस्पताललाई ‘सर्कुलर’ गरेको छ ।

मन्त्रालयले संघीय अस्पतालमा आउने प्रदर्शनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न भनेको हो । मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ गरिने बिरामीलाई अर्को स्वास्थ्य संस्थामा लिएर जान सहजीकरणका निम्ति समेत आग्रह गरिएको छ ।

सबै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित