स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनजी’ प्रदर्शनका घाइतेको निःशुल्क उपचार गर्न ‘सर्कुलर’

काठमाडौँ, २३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न मातहतका सबै संघीय अस्पताललाई ‘सर्कुलर’ गरेको छ ।

मन्त्रालयले संघीय अस्पतालमा आउने प्रदर्शनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न भनेको हो । मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ गरिने बिरामीलाई अर्को स्वास्थ्य संस्थामा लिएर जान सहजीकरणका निम्ति समेत आग्रह गरिएको छ ।

सबै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन