थप ३६ जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौँ, २३ भदौ । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३६ जना हैजाका नयाँ बिरामी फेला परेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार योसहित मधेसमा हालसम्म १ हजार ११७ जनामा हैजा पुष्टि भएको छ ।  

हाल सक्रिय बिरामीको सङ्ख्या ८३ मा झरेको छ भने १ हजार ३४ जना निको भइसकेका छन् । वीरगन्ज महानगरपालिकाका विभिन्न हटस्पट तथा अन्य क्षेत्रहरूमा खानेपानीको गुणस्तर निगरानी कार्य निरन्तर भइरहेको समेत महाशाखाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकासँगको सहकार्यमा खानेपानीको नियमित परीक्षण भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन