जारको पानीमा कोलिफर्म भेटियो

काठमाडौँ, २५ साउन । ललितपुर जिल्लामा वितरण हुँदै आएको पानीमा फिकल कोलिफर्म रहेको पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीको नमुना परीक्षण गर्दा फिकल कोलिफर्म देखिएको हो ।

ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलका अनुसार परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको हो । गोदावरी नगरपालिका, महाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।

बर्खाको समयमा यसरी धमाधम फिकल कोलिफर्म देखिनु भनेको हैजा तथा झाडापखालाको जोखिम बढेको अर्थमा बुझ्नुपर्ने डा. पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित