काठमाडौँ, २५ साउन । ललितपुर जिल्लामा वितरण हुँदै आएको पानीमा फिकल कोलिफर्म रहेको पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीको नमुना परीक्षण गर्दा फिकल कोलिफर्म देखिएको हो ।
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलका अनुसार परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको हो । गोदावरी नगरपालिका, महाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।
बर्खाको समयमा यसरी धमाधम फिकल कोलिफर्म देखिनु भनेको हैजा तथा झाडापखालाको जोखिम बढेको अर्थमा बुझ्नुपर्ने डा. पौडेलको भनाइ छ ।






