१ सय ६२ किलो गाँजा बोकेको भारतीय कार प्रहरीको नियन्त्रणमा

काठमाडौँ, २१ असार । नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बिहान सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले वराहक्षेत्र नगरपालिका–३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ नम्बरको कार नियन्त्रणमा लिएको हो । 

सडक छेउमा रहेको शङ्कास्पद अवस्थामा रहेको कार चेकजाँचको क्रममा कारको डिकीमा लुकाई राखेको १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका १९ जनालाई

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक