अफ्रिकन स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण पुष्टि

झापा, २५ जेठ । झापाको मेचीनगर नगरपालिकाका घरपालुवा पशुमा अफ्रिकन स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण देखिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार मेचीनगर–२, ३, ७, ८, ९ र १४ मा लम्पी स्किन देखिएको छ । मेचीनगर–६ को बंगुर फार्ममा अफ्रिकन स्वाइन फ्लुको संक्रमण पुष्टि भएको हो ।

नगरको पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका लागि सातजना प्राविधिक कर्मचारी परिचालन गरिएको छ । कोसी प्रदेश र संघीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेको उनले बताए  ।

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार, गाई र बाच्छीहरूमा लम्पी स्किनको संक्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तुको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका निम्ति फिनेललगायत सामग्री वितरण गरिएको बताए ।


यस्तै, मेचीनगर–६ स्थित बबिता बंगुर फार्ममा अफ्रिकन स्वाइन फ्लुका कारण ८० बंगुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट मरेका बंगुरमा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।

“फार्ममा अचानक बंगुर मरेको खबर आएपछि त्यसको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो,” उनले भने, “प्रयोगशालाबाट आएको रिपोर्टमा अफ्रिकन स्वाइन फ्लु पुष्टि भयो ।”

फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० बंगुर भकाभक मर्दा ठूलो क्षति भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् ।

काठमाडौँ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा

काठमाडौँ, २१ साउन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई

काठमाडौँ, २१ साउन । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको